शेयरमूल्य बढेसँगै एनटिसी सहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२ असार २०७९, बिहीबार १५:०९

काठमाडौं । बिहिबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । आज नेप्से परिसूचक १२.५७ अंकले बढेर लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।

नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१८ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजारमा थोरै सुधार देखिएपनि कारोबारमा भने खासै रौनकता देखिएको छैन । सधैंजसो आज पनि पुँजीबजारमा १ अर्बमाथिको मात्रै कारोबार हुन पुगेको छ । सूचीकृत कम्पनीहरुको मर्जर प्रक्रिया धमाधम अघि बढेसँगै नेप्सेले सो कम्पनीहरुको शेयर कारोबार रोक्का गरिदिएको कारण पनि यसको प्रभाव कारोबारमा देखिएको हो ।

आज १ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकमको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३० रुपैयाँका दरले शेयरमूल्य बढेसँगै १३ करोड ८८ लाख ९७ हजार १५१ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एनसीसी बैंकको पनि शेयरमूल्य १३ रुपैयाँ ९० पैसा बढेसँगै १० करोड ३५ लाख, सिभिल बैंकको ७ रुपैयाँ १० पैसाले शेयरमूल्य बढेसँगै ४ करोड ७१ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

साथै एनआइसी एशिया बैंकको ३ करोड ५७ लाख र नबिल बैंकको २ करोड ५० लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*