शेयरबजारमा सामान्य सुधार, नेप्से १२ अंकले बढ्दा १२ उपसूचक चम्कियो

२ असार २०७९, बिहीबार १५:२०

काठमाडौं । बिहिबार पुँजीबजारमा झिनो अंकको सुधार आएको छ । केही दिनयता लगातार घटेको शेयरबजार आज एकाएक सामान्य सुधार देखिएको हो ।

आज नेप्से परिसूचक १२.५७ अंकले बढेर लगानीकर्ताहरुमा उत्साह थपिएको छ । शुन्य दशमलव ६४ प्रतिशतले बढेको शेयरबजार इन्डेक्स १९७८ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१८ रुपैयाँको कारोबार भएको छ ।

शेयरबजारमा रहेका १३ उपसूचक मध्ये आज लगानी सूचक  बाहेकका सबै सूचक चम्किएको छ । सर्वाधिक आज अन्य समूहको ४०.७९ रुपैयाँले बढ्न पुगेको छ । त्यस्तै, माइक्रोफाइनान्स सूचक ३८.४ रुपैयाँले बढ्न पुगेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*