मर्जरको हल्लाले एनसीसी बैंकको शेयर मूल्य बढ्यो, एकैदिन ४ लाख ६९ हजार ९८३ कित्ता शेयर खरिबिक्रि

२ असार २०७९, बिहीबार १९:४०

काठमाडौं । नबिल बैंकसँग मर्ज हुने हल्ला चलेसँगै एनसीसी बैंकको शेयर मूल्य बढ्न थालेको छ। लगानीकर्ता पनि यसै बैंकको सेयरमा झुम्मिएका छन् । बिहीबार वाणिज्य बैंकमध्येकै सबैभन्दा बढी एनसीसी बैंकको कारोबार भएको छ।

बैंकको एकैदिन ४ लाख ६९ हजार ९८३ कित्ता सेयर १० करोड ३५ लाख रुपैयाँमा किनबेच भएको छ ।आज बैंकको सेयर मूल्य प्रतिकित्ता १४ रुपैयाँले बढेर २२२ रुपैयाँमा कारोबार बन्द भएको छ ।

एक वर्षअघिदेखि नै नबिल र एनसीसी बैंकबीच मर्जरबारे समाचार बन्दै आएका छन् । तर एनसीसी बैंकका सञ्चालकले  मर्जरको विषयमा पछिल्लो समय छलफल नभएको बताएकका छन् । यसअघि नबिल र ग्लोबल बैंकसँग सम्झौताको कुरा भएपनि नबिलसँग मर्जर भाँडिएको थियो । हालै कुन बैंकसँग मर्जरमा जाने भन्ने बारे अन्तिम छलफल भने नभईसकेको संचालकले बीमापोष्टलाई बताए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*