एचआइडिसिएलले ३ करोड ३० लाख कित्ता अवतरित हकप्रद लिलाम बढाबढमार्फत बिक्री गर्ने

३ असार २०७९, शुक्रबार १०:२८

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटिेड (एचआइडिसिएल)ले संस्थापक समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ ।

कम्पनीले गत बर्ष साउन ५ गदेखि भदौ ८ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक समूहतर्फको ३ करोड ३० लाख कित्ता शेयरको लागि आवेदन नपरेकोले कम्पनीले उक्त अवतरित हकप्रद शेयर पुनः लिलाम बढाबढ मार्फत गरी बिक्री गर्न लागेको हो ।

कम्पनीको उक्त हकप्रद शेयरमा असार ५ गतेदेखि असार १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल, काठमाडौंबाट बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आदर्शनगर वीरगंज, हेटौंडा, नारायणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ्ग, नेपालगंज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगरबाट गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*