लक्ष्मी बैंकको संस्थापक समूहको ३ लाख ३३ हजार कित्ता शेयर बिक्रीमा

३ असार २०७९, शुक्रबार १०:३७

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले ३ लाख ३३ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय लक्ष्मी कम्प्लेक्स, हात्तीसार काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र शेयरधनीहरुबाट बोलपत्र पेश नभएको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*