आजदेखि शुक्रबार पनि शेयर कारोबार हुने

३ असार २०७९, शुक्रबार १०:५०

काठमाडौं । आजदेखि शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेप्से ले शुक्रबार पनि सेयर कारोबार संचालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आजदेखि पहिलो पटक शुक्रबार पनि सेयर कारोबार हुने भएको हो । शुक्रबार भने बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टा मात्रै कारोबार हुने नेप्सेले जानकारी गराएको छ ।

आइतबारदेखि बिहीबारसम्म दिनको ४ घण्टा अर्थात बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार हुनेछ । यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेप्सेले शुक्रबार सेयर कारोबार खुला गरेर आइतबार बन्द गर्दै आएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*