अमेरिकी डलरको भाउ निरन्तर बढ्दै, नेपाली रुपैयाँ कमजोर बन्दै

३ असार २०७९, शुक्रबार १०:५२

काठमाडौं ।अमेरिकी डलरको भाउ निरन्तर बढ्दै आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार १ डलरको भाउ बिक्रीदर १२५ रुपैयाँ २२ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १२४ रुपैयाँ ६२ पैसा कायम भएको छ । यो हालसम्म कै उच्च मूल्य हो । बिहिबार १ डलरको भाउ ९बिक्रीदर० १२५ रुपैयाँ २१ पैसा र खरिददर पनि १२४ रुपैयाँ ६१ पैसा कायम भएको थियो ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*