नेपाल बैंक र नेपाल टेलिकमबीच सम्झौता, बैंकका ग्राहकले अब निःशुल्क मोबाइल बैकिङ्ग प्रयोग गर्न पाउने

३ असार २०७९, शुक्रबार ११:४०

काठमाडौं । नेपाल बैंक लिमिटेडले नेपाल टेलिकमसँग सहकार्य गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क रुपमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न पाउने सुविधा दिनका लागि टेलिकमसँग सहकार्य गरेको हो ।

सो सम्झैताअनुसार अब नेपाल बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप प्रयोग गर्दा डेटा शुल्क तिर्नु नपर्ने भएको छ ।

नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुलाई सुविधा दिन बिहीबार सम्झौता भएको हो । सम्झौतामा टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र बैंकका चिफ फाइनान्स अफिसर होमबहादुर खड्काले हस्ताक्षर गरेका हुन् ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको रोहबरमा टेलिकमको केन्द्रीय कार्यालयमा एक समारोहबीच सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौता अनुसार टेलिकमको मोबाइल नम्बर प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ रजिष्टर गर्ने सम्पूर्ण ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्न डेटाको आवश्यकता नपर्ने भएको छ । यो सुविधा सीमित समयको लागि मात्र प्रदान गरिने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*