बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्टको आइपीओ आज बाँडफाँट हुँदै, एक लाख ३६ हजारले मात्रै शेयर पाउने

३ असार २०७९, शुक्रबार ११:५६

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जेठ २० गते शुक्रबारदेखि निष्काशन गरेको शेयर आज बाँडफाँट हुने भएको छ । कम्पनीको
शेयर निष्काशन तथा तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार क्यापिटलको कार्यलय नक्सालमा आज असार ३ गते अपराह्न ३ बजे कम्पनीको बाँडफाँट गर्ने भएको हो ।

कम्पनीको आईपीओमा १८ लाख ४५ हजार ६७ जना आवेदकबाट २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपैयाँ बराबरको २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयरको लागि आवेदन परेको थियो ।यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको १३ लाख ६५ हजार कित्ता शेयरको १६।०७ गुणा बढी हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन ल्याएको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका शेयर मात्रै सर्वसाधारणको लागि बाँडफाँट हुनेछ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार एक लाख ३६ हजार ५०० जनाले मात्रै १० कित्ता शेयर पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*