नेपाल बैंकले ५० करोडको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग नियुक्त

३ असार २०७९, शुक्रबार १२:०३

काठमाडौं । नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो ।

बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

बिक्री प्रबन्धकसम्बन्धी सम्झौतामा नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकाय धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकबाटकोे स्वीकृतिपश्चात निश्कासन गरिनेछ ।

नियमक निकायबाट स्वीकृति पाएपश्चात् बैंकले ‘१०.५०% नेपाल बैंक ऋणपत्र–२०८४’ निष्कासन गर्नेछ । जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ जारी गर्नेछ । बैंकको यो ऋणपत्र ५ वर्षे अवधिको हो । यसमा लगानीकर्ताले १०.५० प्रतिशत ब्याज पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*