माछापुच्छ्रे बैंकले ल्यायो ‘माछापुच्छ्रे स्मार्ट मुद्दती खाता’, ६ वर्षमा दोब्बर रकम पाइने

३ असार २०७९, शुक्रबार १२:१२

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ‘माछापुच्छ्रे स्मार्ट मुद्दती खाता’ संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै उक्त डबल धमाका मुद्दती खाता संचालमा ल्याएको हो ।

उक्त खाताअन्तर्गत ग्राहकहरुले साढे ६ वर्षमा आफुले जम्मा गरेको रमकको दुईगुणा रकम प्राप्त गर्न सक्नेछन् । साथै बैंकले सो खातामा साँवा रकमको ९० प्रतिशत सम्म ऋण समेत ग्राहकलाई प्रदान गर्नेछ ।

उक्त खाता न्युनतम ५० हजार रुपैयाँमै खोल्न सकिने बैंकले जनाएको छ । बैंकका जुनसुकै शाखा कार्यालयमार्फत् उक्त खाता खोल्न सकिनेछ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा र २०५ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*