वाणिज्य बैंकहरुमा लगानीकर्ताको आकर्षण, शुक्रबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

३ असार २०७९, शुक्रबार १३:०७

काठमाडौं । शुक्रबार नेप्से परिसूचक झिनो अंकले घट्न पुगेको छ । सरकारले दुईदिन सार्वजनिक विदा खारेज गरेसँगै नेप्सले आइतबारदेखि शुक्रबारसम्म शेयरबजार संचालन रहने आधिकारीक सूचना प्रकाशित गरेको थियो ।

नेप्सेले शुक्रबार ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्रै शेयरबजार खोल्ने निर्णय गरेको थियो । जसको प्रभाव आजको शेयरबजारको इन्डेप्थले देखाएको छ । शुक्रबार कारोबारको समयावधि घटेसँगै आज पुँजीबजारमा जम्मा ७३ करोडको मात्रै कारोबार हुन पुगेको छ ।

अन्य दिन १ अर्बमाथिको कारोबार हुने शेयरबजारमा आज शेयरको मात्रासँगै कारोबार रकम समेत खुम्चिन पुगेको हो । एक त नेप्सेमा सूचीकृत कम्पनीहरु भटाभट मर्जरमा जान थालेकाले पनि नेप्सेले सो कम्पनीहरुको शेयर कारोबार रोक्का गरिदिएसँगै कारोबार घट्न पुगेको हो ।

नेप्सेमा सूचीकृत २२० कम्पनीको २३ लाख ५५ हजार १ कित्ता शेयर किनबेच हुँदा ७३ करोड ६३ लाख १२ हजार १५७ रुपैयाँको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकमको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन १० करोड १४ लाख ७० हजार ८७९ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, सेन्चुरी कमर्सियल बैंकको ६ करोड ४७ लाख, एनसीसी बैंकको ४ करोड ९ लाख, कुमारी बैंकको २ करोड ८६ लाख र लक्ष्मी बैंकको २ करोड २६ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*