स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएपछि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित

३ असार २०७९, शुक्रबार १९:३१

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगित गरेको छ। अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमवापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताएको छ।

‘अस्पतालबाट संचालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवा गरेवापतको रकम स्वास्थ्य बीमा बोर्डले उपलब्ध नगराएकाले असार १५ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ’, सूचनामा भनिएको छ।

अस्पतालले २०७७ साल मंसिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*