आदर्श लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

५ असार २०७९, आईतवार १०:४५

काठमाडौ. । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको लुघुवित्तको आईपीओमा आज (असार ५ गते) सम्म मात्रै आवेदन दिन सकिनेछ ।

लघुवित्तले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गरेको हो । लघुवित्तले निष्काशन गरेको कुल ६७ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ६२ हजार ६१५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

सो आइपीओमा छिटोमा असार ६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएपनि सरकारले आइतबारको बिदा कटौति गरेका कारण कम्पनीले आज निष्काशन तथा बिक्री बन्द गर्न लागेको बताएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*