कुमारी धनबृद्धि योजनाको इकाई बाँडफाँड, मागबमोजिम सबैले पाए

५ असार २०७९, आईतवार ११:३३

काठमाडौं । कुमारी धनबृद्धि योजनाको इकाई बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले जेठ १२ गतेदेखि जेठ २६ गतेसम्म बिक्री गरेको उक्त म्युचुअल फण्ड असार ३ गते बाँडफाँड गरेको हो ।

कुमारी क्यापिटलले १० रुपैयाँ अंकित दरका १२ करोड इकाईहरु माग गरेकोमा निष्काशन अवधिभित्र माग गरेबमोजिम भन्दा बढी आवेदन परेकोले योजनाको आकार २५ प्रतिशत थप गर्न सक्ने प्रावधान अनुसार कोषको इकाई १० रुपैयाँ अंकित दरको १२ करोड २५ लाख ७ हजार २५१ इकाईहरु मध्ये बीज पूँजीको १५ प्रतिशत १ करोड ८३ लाख ७६ हजार ८९ इकाई कोष प्रबद्र्धक कुमारी बैंकलाई बाँडफाँड गरी बाँकी रहेको १० करोड ४१ लाख ३१ हजार १७० इकाईमा रितपूर्वक आवेदन दिने आवेदकलाई माग गरेबमोजिम असार ३ गते बाँडफाँड गरिएको हो ।

आवेदकले सो सम्बन्धी नतिजा सिडिएसको मेरो शेयरको वेबसाइ https://meroshare.cdsc.com.np/#/login मार्फत् हेर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*