सानिमा क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्न आग्रह

५ असार २०७९, आईतवार ११:५८

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले हितग्राही खाता खोल्ने हितग्राहीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

क्यापिटलले सानिमा क्यापिटल तथा सानिमा बैंकको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८/७९ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७९ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरिएको हो ।तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएको छ ।

हितग्राहीहरुले सानिमा क्यापिटल लिमिटेड तथा सानिमा बैंक लिमिटेडको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरूबाट भुक्तानी गर्न सक्नेछन् । साथैडिजिटल भुक्तानी माध्यमहरु ईसेवा, खल्ती, आइएमई पे र कनेक्ट आइपिएसमार्फत पनि नविकरण शुल्क भुक्तानी गर्न सकिने क्यापिटलले जनाएको छ ।

मेरो सेयर सेवा लिएका हितग्राही महानुभावहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुने समेत क्यापिटलले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*