पुँजीबजारमा लगानीकर्ता साक्षरताको अवस्था कमजोर छ : डा.नवराज अधिकारी

५ असार २०७९, आईतवार १२:३१

काठमाडौ. । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले दोस्रो बजारमा लगानीकर्ताहरुको संख्या लगानीकर्ता साक्षरताको अवस्था कमजोर रहेको बताएका छन् ।

शनिबार सम्पन्न कर्णाली प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

देशव्यापी रुपमा पूँजीबजार सचेतना वृद्धिका लागि नेपाल धितोपत्र बोर्डले सम्वद्ध निकायहरुसंगको सहकार्यमा विभिन्न कार्यक्रमहरु अघि बढाएको डा.अधिकारीले बताएका हुन् ।

उनले लगानी गर्दा हतारमा नगरी कम्तीमा पनि दुई बर्षसम्म पखिर्ने गरी लगानी गर्ने कम्पनीको अध्ययन गरेर मात्र लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*