तिलक कोइरालाको जिउधनको सुरक्षा र बोर्डको कर्मचारीलाई सुरक्षित कार्यस्थल प्रत्याभूत गराउन माग

५ असार २०७९, आईतवार १४:२०

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले आमरण अनसनमा बसेका तिलक कोइरालाको जिउधनको सुरक्षा गर्न नेपाल सरकार समक्ष माग गरेको छ ।

धितोपत्र कर्मचारी यूनियनले एक विज्ञप्ति जारी गर्दै अनसनमा बसेका लगानीकर्ताको जिउधनको सुरक्षा गर्न र बोर्डका कर्मचारीहरुलार्य सुरक्षित कार्यस्थलको प्रत्याभूत गराउन सरकारसमक्ष अनुरोध गरेको हो ।

नेपाल पुँजीबजार सुधार संघर्ष समितिका तिलक कोइराला यतिबेला पुँजीबजार सम्बन्धी सरकारले गर्छु भनेको काम समयमा नगर्दा समग्र पुँजी बजार गम्भीर संकटमा परेको भन्दै असार १ गतेदेखि आमरण अनसनमा बसेका छन् ।साथै उनको अनसनका लागि लगानीकर्ता सम्बद्ध सबै संगठनहरुले ऐक्यबद्धता समेत जनाएका छन् । लगानीकर्ताका विभिन्न संगठनहरु निरन्तर आन्दोलनमा उत्रिएका छन् ।

धितोपत्र बोर्डका कर्मचारीहरुले आफुहरु असुरक्षित भएको महसुस गर्दै विज्ञप्ति जारी गर्दै सुरक्षित कार्यस्थलको व्यवस्था गरिदिन सरकारलाई आग्रह गरेको हो ।

साथै कर्मचारी युनियनले लगानीकर्ताहरुबाट राखिएका कैयन मागहरु बोर्डको कार्यक्षेत्र भन्दा बाहिर समेत रहेको हुँदा वित्तीय बजारका अन्य नियमनकारी निकाय र नेपाल सरकार अर्थ मन्त्रालय समेतको पहलकदमीमा मात्रै सम्बोधन हुन सक्ने बताएका छन् ।

असार १ गतेबाट तिलक कोइरालाले जारी राखेको आमरण अनसनलाई धितोपत्र बोर्डले गम्भिरताकासाथ लिएको धितोपत्र कर्मचारी युनियनको भनाई छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*