कमर्सियल बैंकहरुमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

५ असार २०७९, आईतवार १५:०६

काठमाडौं । सातो पहिलो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । शुक्रबार झिनो अंकले घटेको शेयरबजार आज ३७ अंकले घट्न पुगेको छ ।

पछिल्लो समय पुँजीबजार घट्दो अवस्थामा छ । केही शेयरविज्ञहरुले नेप्से इन्डेक्स घटेर १८ सयको विन्दुमा आउने बताएका थिए । सोहीअनुसार नेप्से परिसूचक घटेर १९ सयको विन्दुमा आइपुगेको छ ।

शेयरबजार घटेसँगै पछिल्लो समय कारोबारमा समेत खासै उत्साह देखिएको छैन । गत वर्षको साउनमा २१ अर्बसम्मको कारोबार भएको पुँजीबजारमा पछिल्लो केही महिनायता १ अर्बमा कारोबार सीमित हुन पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक नेपाल टेलिकमको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन १० करोड २९ लाख ८९ हजार ७६१ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एसीसी बैंकको ५ करोड ६४ लाख, सेन्चुरी कमर्सियल बैंकको ४ करोड ८२ लाख, नबिल बैंकको ४ करोड ७ लाख र एनआइसी एशिया बैंकको ३ करोड २४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*