रोकिएन शेयरबजारको ओरालो यात्रा, नेप्से ३७ अंकले घट्दा सबै सूचक राताम्य, बीमा र विकास बैंक समूहको सर्वाधिक घट्यो

५ असार २०७९, आईतवार १५:१८

काठमाडौं । सातो पहिलो दिन शेयरबजारमा ३७.२७ अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो अवस्थामा छ ।
दिनप्रतिदिन घट्दै गएको शेयरबजारको अवस्थालाई लिएर लगानीकर्ताको विभिन्न संगठनहरु निरन्तर आन्दोलनरत छन् तर पनि लगानीकर्ताहरुको माग सम्बोधन हुन सकेको छैन ।

आज नेप्से परिसूचक १.८९ प्रतिशतले घटेर १९३४.११ को विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् ।
पछिल्लो समय पुँजीबजार घट्दो अवस्थामा छ । केही शेयरविज्ञहरुले नेप्से इन्डेक्स घटेर १८ सयको विन्दुमा आउने बताएका थिए । सोहीअनुसार नेप्से परिसूचक घटेर १९ सयको विन्दुमा आइपुगेको छ ।

शेयरबजार घटेसँगै पछिल्लो समय कारोबारमा समेत खासै उत्साह देखिएको छैन । गत वर्षको साउनमा २१ अर्बसम्मको कारोबार भएको पुँजीबजारमा पछिल्लो केही महिनायता १ अर्बमा कारोबार सीमित हुन पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज सर्वाधिक बीमा समूहको शेयर घटेको छ । निर्जिबन बीमा समूहको १५४.८३ रुपैयाँले घट्दा जीवन बीमा समूहको १२२.६८ रुपैयाँले घट्न पुगेको छ ।

त्यस्तै, विकास बैंक समूहको पनि १५४.८३ रुपैयाँले घटेको छ । साथै शेयरबजारमा सर्वाधिक कारोबार भइरहने हाइड्रोपावर समूहको पनि ८७.४७ रुपैयाँले घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*