आज हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए

५ असार २०७९, आईतवार १५:२६

काठमाडौं । सातो पहिलो दिन शेयरबजारमा ३७.२७ अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्दो अवस्थामा छ ।
दिनप्रतिदिन घट्दै गएको शेयरबजारको अवस्थालाई लिएर लगानीकर्ताको विभिन्न संगठनहरु निरन्तर आन्दोलनरत छन् तर पनि लगानीकर्ताहरुको माग सम्बोधन हुन सकेको छैन ।

आज नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँको कारोबार भएको छ ।

उच्च अंकले घटेको शेयरबजारमा धेरैजसो कम्पनीहरुको शेयरमूल्य घट्न पुगेको छ । सर्वाधिक घट्ने कम्पनीमा रिभर फल्स पावर रहेको छ । कम्पनीको शेयरमूल्य आज ९.५६ प्रतिशत अर्थात २६ रुपैयाँ १० पैसाले घटेको छ ।

त्यस्तै, बलेफी हाइड्रोपावरको ८.१९ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ७.६८ प्रतिशत, माउन्टेन हाइड्रो नेपालको ७.३३ प्रतिशत र हिमालय दोलखा हाइड्रोपावरको ७.२४ प्रतिशतले शेयरमूल्य घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*