विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

५ असार २०७९, आईतवार १६:१४

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डभेलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला सो हाइड्रोपावरको शेयर प्राप्त गर्ने लगानीकर्ताहरुमा कम्पनीको आइपीओले पहिलो कारोबारका लागि कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलता पैदा भएको छ ।

कम्पनीले पहिलो कारोबारका लागि १११ रुपैयाँ ३४ पैसादेखि अधिकतम ३३४ रुपैयाँ २ पैसा पाउने देखिएको छ । नेप्सेले जुन कोही कम्पनीको पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीनगुणा सम्म मूल्य तोक्ने गर्दछ ।

कम्पनीको आर्थिक वर्ष २०७७।०७८को वास्तविक प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ३४ पैसा रहेको छ । सोही नेटवर्थको आधारमा कम्पनीले उक्त रेञ्ज पाउने देखिएको हो ।

कम्पनीले जेठ २० गते शुक्रबारदेखि निष्काशन गरेको आइपीओ असार ३ गते बाँडफाँट गरेको हो । कम्पनीको आईपीओ बाँडफाँडमा गोलाप्रथाबाट १ लाख ३६ हजार ५०० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका थिए ।

कम्पनीको आईपीओमा १८ लाख ४५ हजार ६७ जना आवेदकबाट २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपैयाँ बराबरको २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*