अपि पावरको अवतरित हकप्रद शेयर बाँडफाँड, यसरी हेर्नुस रिजल्ट

६ असार २०७९, सोमबार १०:१७

काठमाडौं । अपि पावर कम्पनीको अवतरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीको सर्वसाधारण समूतर्फको ४ लाख ४५ हजार ३२८ कित्ता हवतरित हकप्रद शेयर पुनः लिलामीमा ल्याएकोमा असार ५ गते बाँडफाँड गरिएको हो ।

कम्पनीले जेठ १८ गतेदेखि जेठ २६ गतेसम्म शिलबन्दी बोलपत्रद्धारा खरिद गर्न आह्वान गरिएकोमा सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु असार १ गते खोली असार ५ गते निष्काशनकर्ता कम्पनीको संचालक समितिले बाँडफाँड गरेको हो ।

साथै बाँडफाँडमा नपरेको शेयर वापतको रकम फिर्ता भुक्तानी असार ८ गतेदेखि आवेदकको सम्बन्धित बैंक खातामा पठाइने कम्पनीले जनाएको छ । बाँडफाँडको अन्तिम मूल्य २४० रुपैयाँ रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । बाँडफाँडसम्बन्धि नतिजा हेर्न विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://muktinathcapital.com/ मार्फत हेर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*