मितेरी डेभलपमेन्ट बैंकले संस्थापक शेयरधनीको ४३ हजार कित्ता शेयर बेच्ने

६ असार २०७९, सोमबार १०:२८

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी राजिव भट्टराईले आफ्नो नाममा रहेको ४३ हजार ७४० कित्ता शेयर बिक्रीका लागि निवदेन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा रजिष्ट्रार कार्यालय प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा आइपुग्नेगरी बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै तोकिएको अवभिभित्र शेयरधनीहरुबाट कुनै पनि बोलपत्र पेश नभएको खण्डमा उक्त शेयर प्रचिलत नियमअनुसार अन्य कोही व्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*