नेप्सेमा थप ४ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत

६ असार २०७९, सोमबार १२:१८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रोगेसिभ फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ६ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले आज सो प्रतिशत दरका ४ लाख ८० हजार ६० कित्ता बोनस शेयर सूचीकृत गराएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*