यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

६ असार २०७९, सोमबार १५:०५

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । पछिल्लो समय शेयरबजार घट्ने क्रम जारी छ । आइतबार ३७ अंकको गिरावट आएको नेप्से परिसूचक आज ४९ अंकले घट्न पुगेको हो ।

आज नेप्सेमा सूचीकृत २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको कारोबार भएको छ ।

पछिल्लो समय नेप्सेमा गिरावट आएसँगै कारोबार रकम समेत घट्दै गइरहेको छ । आज पनि शेयरबजारमा एक अर्बको मात्रै कारोबार हुन पुगेको छ ।

सो रकम बराबरको कारोबार हुृँदा सर्वाधिक प्रभु बैंकको प्रोमोटर शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ११ करोड ८३ लाख २० हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एनटिसीको १० करोड ९२ लाख, हिमालयन डिस्टिलरीको ५ करोड ७३ लाख, एनआइसी एशिया बैंकको ४ करोड ३५ लाख र नबिल बैंकको ४ करोड ७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*