१८ सयको विन्दुमा झर्यो नेप्से, सबै सूचक राताम्य हुँदा बीमा कम्पनीहरुको शेयर सर्वाधिक घट्यो

६ असार २०७९, सोमबार १५:१२

काठमाडौं । पछिल्लो समय शेयरबजार घटने क्रम जारी छ । आज पनि नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आइतबार ३७ अंकले घटेको नेप्से परिसूचक आज ४९.३१ अंकले घटेर १८८४.८१ को विन्दुमाा झरेको छ ।

आज नेप्सेमा सूचीकृत २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको कारोबार भएको छ ।

पछिल्लो समय नेप्सेमा गिरावट आएसँगै कारोबार रकम समेत घट्दै गइरहेको छ । आज पनि शेयरबजारमा एक अर्बको मात्रै कारोबार हुन पुगेको छ ।

नेप्सेमा रहेका सबै सूचक आज राताम्य भएका छन् । सर्वाधिक बीमा समूहको शेयरमा गिरावट आएको छ । निर्जिबन बीमा समूहको २३९ रुपैयाँले घट्दा जीवन बीमा समूहको २३४.६२ रुपैयाँले घट्न पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*