तेह्रथुम पावरको शेयरमा नकारात्मक सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

६ असार २०७९, सोमबार १५:२१

काठमाडौं । शेयरबजारमा आज ४९ अंकको गिरावट आएको छ । शेयरबजार सुधारका निमित्त तीन वर्षयता निमयक निकाय र सरकारले गर्छु भन्ने काम पनि नगरेकोले लगानीकर्ताहरु पछिल्लो समय आन्दोलनरत छन् ।

आज नेप्सेमा सूचीकृत २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक २.५५ प्रतिशतले घट्दा सर्वाधिक तेह्रथु पावरको शेयर घट्न पुगेको छ । कम्पनीको आज १० प्रतिशत अर्थात् नकारात्मक सर्किट लाएर सर्वाधिक घट्न पुगेको हो ।

त्यस्तै, कालिका पावरको ९.३७ प्रतिशत, रिभर फल्सको ९.२३ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ८.७९ प्रतिशत र माउन्टेन हाइड्रो नेपालको ८.७० प्रतिशत अंकले घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*