ज्योति विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी बलदेव थापालाई

७ असार २०७९, मंगलवार १०:२३

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी बलदेव थापालाई दिइएको छ ।

कम्पनीको असार ६ गते केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा बसेको संचालक समितिको बैठकले कम्पनीले सचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयअनुसार यसअघि कम्पनी सचिवको जिम्मेवारी पारस राज कंडेललाई दिइएकोमा हेरफेर गरी बैंकका वरिष्ठ प्रबन्धक थापालाई आजकै मितिदेखि लागू हुनेगरी कम्पनी सचिवको जिम्मेवारी तोकिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*