जनउत्थान सामुदायिक लघुवित्तको २५ हजार कित्ता शेयर बिक्रीमा

७ असार २०७९, मंगलवार १०:३६

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी यम बहादुर बि.के.ले आफ्नो नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बुटवल–१२, कालिकानगर रुपन्देहीमा बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*