बैंक अफ काठमाण्डूको ‘बिओके सुपर मुद्दती खाता’ संचालनमा, ४ गुणासम्म प्रतिफल

७ असार २०७९, मंगलवार ११:४०

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ‘बिओके सुपर मुद्दती खाता’ संचालनमा ल्याएको छ । कम्पनीले ४ गुणासम्म प्रतिफल पाइने उक्त खाता संचालनमा ल्याएको हो ।

उक्त खाता खोल्ने खातावालाहरुले ६ वर्ष ५ महिनामा दुई गुणा प्रतिफल अर्थात् सो अवधिभित्र जम्मा गरेको रकमको दोब्बर रकम पाउनेछन् ।
साथै १० वर्ष ३ महिनामा तीनगुणा प्रतिफल र १३ वर्षमा चारगुणासम्म प्रतिफल पाउनेछन् ।

उक्त खाता न्यूनतम मौज्दात ५० हजार रुपैयाँमा खोल्न सकिनेछ । साथै खातावालाहरुले उक्त खाताअन्तर्गत क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुट समेत पाउनेछन् ।

यसबाहेक २ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा र मुद्दती खातामा रहेको मौज्दातको ९० प्रतिशतसम्म ऋण प्रवाह गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*