महुली लघुवित्तले ३ संस्थापक शेयरधनीको शेयर बिक्री गर्ने

७ असार २०७९, मंगलवार ११:५१

काठमाण्डौं । महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर विक्री गर्न लागेको हो ।

कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।

संस्थापक शेयरधनी कविता कुमारी चौधरीको ३ तिन हजार ५ सय कित्ता, आशा कुुमारी सिंहको २ दुुई हजार कित्ता र दुर्गा नन्द चौधरीको २ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने ईच्छुुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिन भित्रमा आवश्यक कागजात संलग्न गरि संस्थाको केद्रिय कार्यालयमा बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र शेयरधनीहरुबाट कुनै पनि बोलपत्र नपरेको खण्डमा उक्त शेयर अन्य कोही व्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*