ट्रेड टावरले साढे ११ लाख कित्ता आइपीओ निष्काशन गर्ने, प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल

७ असार २०७९, मंगलवार १२:०९

काठमाडौं । टे«ड टावर लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आइपीओ प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

ट्रेड टावरले सर्वसाधारणका लागि ११ लाख ५८ हजार ९८० कित्ता शेयर निष्काशन गर्ने तयारी गरिरहेको छ । कम्पनीले आइपीओ निष्काशन गर्न लागेको प्राथमिक शेयरको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटललाई नियुक्त गर्न दुईपक्षबीच सम्झौता भएको हो ।

सो पश्चात् अब ट्रेड टावरले सर्वसाधारणहरुमा आइपीओ निष्काशन सम्बन्धि प्रक्रिया अघि बढाउने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*