दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ भोलि बाँडफाँड हुँदै, १३ लाखको हात खाली

७ असार २०७९, मंगलवार १२:३६

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ भोलि बाँडफाँड हुने भएको छ। भोलि कम्पनीको बिक्रि प्रबन्धकको कार्यालयमा बिहान आइपीओ बाँडफाँड कार्यक्रम रहेको क्यापिटका सिईओले बीमापोष्टलाई बताएका छन् ।

यसमा कुल १५ लाख ६४ हजार ५२२ जनाले १ करोड ७९ लाख ३३ हजार ७० कित्ताका बराबरको कुल १ अर्ब ७९ करोड ३३ लाख ७ हजार रुपैयाँ बरारको आवेदन भरेका छन् ।
कम्पनीको आईपीओमा २ लाख १ हजार ९८६ जनाले मात्र शेयर पाउँने छन् भने १३ लाख ६२ हजार ५३६ जनाको हात खाली हुने भएको छ ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले विविधमा छुट्याएर २० लाख १९ हजार ८३९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको आइपीओमा माग भन्दा बढी आवेदन परेको कारण भोलि बाँडफाँड हुँदैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*