आमरण अनसनरत कोइराको स्वास्थ्य अवस्था गम्भिर देखिएपछि पाटन अस्पताल लगियो

७ असार २०७९, मंगलवार १२:४६

काठमाडौं । आमरण अनसनरत तिलक कोइराको स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । चिकित्सकले यसअघि नै कोइरालाई अस्पताल लानुपर्ने बताए पनि उनले अस्पताल जान मानेका थिएनन् । आज स्वास्थ्य अवस्था धेरै नाजुक भएको कारण उनलाइर्् पाटन अस्पताल लगिएको हो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले हिजो लगानीकर्ताहरूलाई भेटी आजसम्ममा लगानीकर्ताहरुलाई अर्थमन्त्रालयसँग समन्वय गरेर ठोस योजना दिने बताएका छन् ।पूँजी बजार सम्बन्धी सरकारले गर्छु भनेको काम समयमा नगर्दा समग्र पूँजी बजार गम्भिर संकटमा परेको भन्दै जेठ २० गतेदेखि लगानीकर्ताहरूले विभिन्न विरोधका कार्यक्रम एवमं आन्दोलन गरिरहेका छन् ।

विभिन्न १९ बुँदे मागहरुसहित पूँजी बजार सुधार संघर्ष समितीका संयोजक तिलक कोईरालाले असार १ गतेदेखि आमरण अनसन समेत सुरू गरेका थिए । कोईरालाको अनसनमा लगानीकर्ता सम्बद्ध सबै संगठनहरु साथै विभिन्न राजनितीक दल र तिनका नेताहरुले समेत ऐक्यवद्धता जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*