नेप्सेमा प्रभु इन्स्योरेन्सको ११% बोनस शेयर सूचीकृत

७ असार २०७९, मंगलवार १३:४७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ११ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सो प्रतिशत दरका १२ लाख ७८ हजार ९२ कित्ता बोनस शेयर सूचीकृत गराएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*