एकैदिन वाणिज्य बैंकहरूमा ६ अर्ब निक्षेप थपियो, ऋण प्रवाह ठप्प

७ असार २०७९, मंगलवार १४:२०

काठमाडौं । वाणिज्य बैंकहरूमा निक्षेप पनि आउन थालेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार एकैदिन बैंकहरूमा ६ अर्ब निक्षेप थपिएको छ। तथ्यांकअनुसार ४९ खर्ब ७५ अर्ब निक्षेप रहेकोमा एकैदिन ६ अर्ब निक्षेप थपिएर ४९ खर्ब ८१ अर्ब पुगेको छ। वाणिज्य बैंकहरूमा ४३ खर्ब ९८ अर्ब निक्षेप पुगेको छ।

त्यस्तै ऋण प्रवाह भने ठप्प भएको छ। ४७ खर्ब १३ अर्बबाट घटेर ४७ खर्ब ११ अर्बमा पुगेको छ। त्यस्तै वाणिज्य बैंकहरूमा ४१ खर्ब ४२ अर्बबाट घटेर ४१ खर्ब ८१ अर्बमा झरेको छ।

निक्षेप र ऋण प्रवाह सीडी रेसियो अनुपात ८९.४९ प्रतिशतमा झरेको छ। नेपाल राष्ट्र बैंकले ९० प्रतिशत भन्दा तल झार्न ताकेता गरेपछि बैंकहरूले ऋण रोकेर सीडी रेसियोको अनुपात ९० भन्दा तल झारेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*