शेयरबजारमा हरियाली छाउँदा आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

७ असार २०७९, मंगलवार १५:०९

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा एकाएक हरियाली छाएको छ । पछिल्लो समय घट्दो क्रममा रहेको पुँजीबजारमा आज आश्चर्यजनक एकाएक बृद्धि हुन पुगेको हो ।

अघिल्लो दिन शेयरबजार घटेर १८ सयको विन्दुमा झरिसकेको थियो । आज पुनः शेयरबजार १.९९ प्रतिशतले बढेर १९ सयको विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३७ लाख १२ हजार ७४६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँको कारोबार भएको छ ।

आज शेयरबजारमा सुधार आएपनि कारोबार खासै बढ्न सकेन । यसअघिका दिनहरुमा कारोबार हुने जत्तिकै आज पनि नेप्सेमा १ अर्बको मात्रै कारोबार हुन पुगेको छ । नेप्सेमा सूचीकृत कम्नपीहरु धमाधम मर्जरमा गएसँगै नेप्सेले शेयर कारोबार रोक्का गर्दा कारोबार खुम्चिन पुगेको हो ।

आज सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकमको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ११ करोड ५९ लाख ७३ हजार ६४९ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नबिल बैंकको ४ करोड ३१ लाख, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ४३ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २४ लाख र एनआइसी एशिया बैंकको ३ करोड १८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*