शेयरबजारमा छायो हरियाली, नेप्से ३७ अंकले बढ्दा सबै सूचक चम्कियो

७ असार २०७९, मंगलवार १५:२०

काठमाडौं । मंगलबार शेयरबजारमा एकाएक हरियाली छाएको छ । पछिल्लो समय लगातार घटेको शेयरबजारमा आज ३७.४९ अंकले बढोत्तरी हुन पुगेको छ ।

शेयर लगानीकर्तारुले पछिल्लो समय घटेको शेयरबजारको अवस्थालाई लिएर लगातार आन्दोलन गरिरहेका छन् । लगानीकर्ताहरुको सबै संगठनलले सरकारले साढे ३ वर्षअघिदेखि गर्छु भनेको कुरा अझैसम्म पनि सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

अघिल्लो दिन शेयरबजार घटेर १८ सयको विन्दुमा झरिसकेको थियो । आज पुनः शेयरबजार १.९९ प्रतिशतले बढेर १९२२ को विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३७ लाख १२ हजार ७४६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका सबै सूचकमा आज हरियाली छाएको छ । सर्वाधिक आज बीमा समूह चम्किएको छ । आज जीवन बीमा समूहको २०४.२७ रुपैयाँले बढ्दा निर्जिबन बीमा समूह १४९.२४ अंकले बढ्न पुगेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ८६.४ रुपैयाँ, हाइड्रोपावर समूह ५७.९८ रुपैयाँ र होटल तथा पर्यटन समूहक ५५.१६ रुपैयाँले बढ्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*