धितोपत्र बोर्डका अध्यक्ष हमाल स्वदेश फर्किएसँगै आज पत्रकार सम्मेलन गर्दै

७ असार २०७९, मंगलवार १५:५०

काठमाडौ । एक साता भन्दा लामो विदेश भ्रमणमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल स्वदेश फर्किएसँगै आज पत्रकार सम्मेलन गर्ने भएका छन् । हिजो एक साता भम्रणपछि नेपाल फर्किएका बोर्डका अध्यक्ष हमालले आज साँझ पत्रकार सम्मेलन गर्ने भएको हो ।

शे लगानीकर्ताहरु सडक आनदोलन गरिरहदा अध्यक्ष हमाल भने विदेश भ्रमणमा निस्किएका थिए । उनी विदेशमै रहेका बेला लगानीकर्ताका तर्फबाट भन्दै तिलक कोइराला आमरण अनसनमा बसेका छन् । कोइरालाको आमरण अनसनको सातौं दिन आज उनको अवस्था नाजुक भएसँगै गम्भीर अवस्था रहेको भन्दै अध्यक्ष हमालले पत्रकार सम्मेलन गर्दैछन् ।

लगानीकर्ताहरुको १९ बुँदे मागका विषयमा आफूले समेट्न सक्ने विषयहरु बारे धारणा सार्वजनिक गर्न भन्दै अध्यक्ष हमालले ५ बजे बोर्डकै कार्यालयमा पत्रकार बोलाएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*