शेयर बजारमा पाँच वटा सुधार गर्ने धितोपत्र बोर्डको प्रतिबद्धता

७ असार २०७९, मंगलवार १८:१६

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुँजि बजारको स्थायित्व र विकासको लागि पाँच वटा विषयमा सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल धितोपत्र बोर्डमा आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले भने, डेडिकेटेड कारोबार टिएमएस प्रणाली, एसएमई प्लेटफर्म, गैर आवासिय नेपाली र श्रमिक कामदारहरुलाई शेयर कारोबार अनुमति दिनुपर्ने लगायतका मागहरु पुरा गर्ने चरणमा रहेकोले छिट्टै पुरा गरिने प्रतिबद्धता जनाएका छन् ।

अध्यक्ष हमालले कार्यविधि बनाएर मन्त्रिपरिषदमार्फत शेयर कारोबार विदेशमा रहेका नेपालीहरुले गर्न पाउने गरी व्यवस्था गरिएको बताए । अध्यक्ष हमालले मर्जर तथा एक्वीजिशनमा रहेका कम्पनीहरुको शेयर कारोबार खुल्ला राख्ने सम्ममा साउनभित्रमा कारोबार खोल्ने प्रतिबद्धता जनाएका छन् ।

पत्रकार तथा शेयर लगानीकर्ताहरुको आवाज बुलन्द गर्दै आएका तिलक कोइरालाले विभिन्न १५ बुँदे मागसहित आमरण अनसनमा बसेपछि बोर्डका अध्यक्ष हमालले आज पत्रकार सम्मेलनको आयोजना गरी सो प्रतिबद्धता जनाएका हुन् । अध्यक्ष हमालले कतिपय कुराहरु पाइपलाइनमै रहेकोले लगानीकर्ताहरुको माग पूरा गर्न बोर्ड तयार रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*