राष्ट्र बैंकले लगाएको ४–१२ को सीमाविरुद्ध उभियो धितोपत्र बोर्ड

७ असार २०७९, मंगलवार १८:५९

काठमाडौं । धितोपत्र सम्बन्धी नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत वर्षदेखि केन्द्रीय बैंकले लागू गरेको ४–१२ को ऋणको सीमाका निर्णय गलत भएको भन्दै विरोधमा उत्रिएको छ ।

बोर्डका अध्यक्ष रमेश हमालले आज पत्रकार सम्मेलन गर्दै सेयर बजार घट्नुको प्रमुख कारण राष्ट्र बैंकको नीतिलाई मुख्य रुपमा जिम्मेवार मान्दै उक्त निर्णय फिर्ता लिन पहल भइरहेको बताएका छन् ।

उनले बजार घट्नुको दोष बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकलाई लगाउँदै समग्र समस्याको समाधानको लागि अर्थ मन्त्रालयले नेतृत्व लिनुपर्ने बताए । उनले पुँजीबजार सुधार सुझाव समितिले मौद्रिक नितिमा ४÷१२ को व्यवस्था परिवर्तन गर्न अध्ययन सुरु गरेको जानकारी दिए । हमालका अनुसार कर्जा चुक्ता गर्नलाई लगानीकर्ताले सेयर बेच्दा सेलिङ चाप बढेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*