दोर्दी खोला जलविद्युतको आइपीओ बाँडफाँड सम्पन्न, १३ लाख ६२ हजारको हात खाली

८ असार २०७९, बुधबार १०:५०

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालय, नारायणचौर, नक्साल, काठमाडौँमा भएको हो ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २१ करोड ९५ लाख रुपैयाँ बराबरको २१ लाख ९६ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७ सय ७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २० लाख १९ हजार ८६९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्म १५ लाख ६४ हजार ५ सय २२ जना लगानीकर्ताले १ करोड ७९ लाख ३३ हजार ७० कित्ताका लागि आवेदन दिएका थिए ।
मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएको थियो । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी २ लाख १ हजार ९ सय ७५ जना लगानीकर्ताहरूले १० कित्ताका दरले र बाँकी ९ जनाले ११ कित्ता सेयर हात पारेका छन् भने बाँकी १३ लाख ६२ हजार ५ सय ३६ जनाको भने हात खाली हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*