प्रोगेशिभ फाइनान्सद्धारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

८ असार २०७९, बुधबार ११:२१

काठमाडौं । प्रोगेसिभ फाइनान्सले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।

कम्पनीको गत चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ६ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो ।

गत पुष १८ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । साथै सो मितिपश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा क्रमशः बोनस शेयर जम्मा हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*