सिभिल बैंकको साढे एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा

८ असार २०७९, बुधबार ११:३०

काठमाडौं । सिभिल बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ््नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।

सिभिल बैंकले संस्थापक शेयरधनी महेन्द्रनाथ कर्माचार्यको ३५ हजार कित्ता, भक्तलाल श्रेष्ठको ६ हजार ५४६ कित्ता र गिरेन्द्र मान सिंह श्रेष्ठको १ लाख १५ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्नपीको केन्द्रीय कार्यालय सिभिल ट्रेड सेन्टर, सुन्धारा, काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र शेयरधनीहरुबाट कुनै पनि बोलपत्र प्राप्त नभएको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य कुनै व्यक्ति तथा संस्थाालाई बिक्री गरिने कम्पनीले जनाएकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*