सेञ्चुरी बैंकको १४५ रुपैयाँमा सवा १८ लाख कित्ता शेयर लिलामीमा, जो कोहीले खरिद गर्न पाउने

८ असार २०७९, बुधबार ११:५३

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलामी बढाबढ मार्फत बिक्री गर्ने भएको छ ।

कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको १८ लाख १२ हजार ८९ कित्ता शेयर सेञ्चुरी बैंकले लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको हो । उक्त शेयरको न्यूनतम मूल्य १४५ रुपैयाँ तोकेको छ । यसअनुसार आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति तथा संस्थाले असार १५ गतेभित्र कम्पनीको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी के कति रेटमा खरिद गर्ने सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

आवेदकले न्यूनतम १०० कित्ता र अधिकतम १० ले भाग जाने संख्या वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*