मानुषी लघुवित्तद्धारा वरिष्ठ अधिकृत माग

८ असार २०७९, बुधबार १३:००

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै वरिष्ठ अधिकृत माग गरेको हो ।

लघुवित्तले सो पदका लागि सिए वा एसीसीए उत्तीर्ण गरी कुनै पनि लघुवित्तको केन्द्रीय कार्यालयमा १ वर्ष अधिकृत स्तरको लेखा तथा वित्त व्यवस्थापन विभागमा रही कार्यानुभव भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय वा इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*