एनआइसी एशिया बैंकले थाल्यो क्युआर कोड वितरण अभियान, २५ सय भन्दा बढी क्युआर वितरण गर्ने तयारीमा

८ असार २०७९, बुधबार १३:२७

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले क्युआर कोड वितरण अभियान संचालन गरेको छ । बैंकले डिजिटल भुक्तानी प्रबद्र्धन गर्नका लागि प्रदेश १ स्थित सुनसरी जिल्लाको धरान शाखाबाट धेरै संख्यामा क्युआर कोड वितरण अभियान सुरु गरेको हो ।

बैंकले सुरुवाती चरणमा उक्त ठाउँका २ सय भन्दा बढी अटो रिक्सा एवं सिटी सफारीजस्ता सवारीसाधनहरुमा क्युआर कोड वितरण गरेको छ । असार ६ गते एक कार्यक्रमकाबीच बैंकका प्रदेश नं. १ का प्रमुख विकास खरेलले सो क्षेत्रमा डिजिटल कारोबार बढाउन नगर क्षेत्रभित्र रहेका २ सय भन्दा बढी अटो रिक्सा सदस्यहरुलाई क्युआर कोड वितरण गरेका हुन् ।

बैंकले यसरी क्युआर कोड सेवा लिन बैंकको सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकहरुलाई बैंकले शुन्य मौज्दातमै १ वर्षका लागि १० लाख रुपैयाँ सम्मको दुर्घटना बीमा समेत उपलब्ध गराएको छ ।

बैंकले संचालन गरेको क्युआर वितरण अभियानले धरान क्षेत्रमा यातायात प्रणालीहरुमा डिजिटल कारोबार गर्दा नगद कारोबारमा जस्तो खुद्रा नोटको जस्तो झन्झट नहुने विश्वास बैंकले लिएको छ ।

नेपाल सरकारको नगदरहित कारोबार बढाउने रणनीतिलाई पछ्याउँदै एनआइसी एशिया बैंकले देशका हरेक क्षेत्रमा बढीभन्दा बढी क्षेत्रहरुमा क्युआर भुक्तानी सेवा वितरण गर्ने लक्ष्य लिइरहेकोमा प्रदेश १ का विराटनगर, इटहरी, धरान, दमक र विर्तामोडलगायतका क्षेत्रमा २५ सय भन्दा बढी क्युआर वितरण गर्ने तयारी गरिरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*