पुँजी बजारलाई बलियो बनाउनतर्फ सबै लाग्नुपर्छ: मेयर बालेन्द्र साह

८ असार २०७९, बुधबार १४:४१

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पुँजी बजारलाई बलियो बनाउनेतर्फ सबै लाग्नुपर्ने बताएका छन् । लगानीकर्ताको आमरण अनसन स्थल पुगेर उनले भने, ‘पुँजी बजारलाई खस्कदो होइन, बलियो बनाउनेतर्फ सबै लाग्नुपर्छ ।’ उनले अर्थमन्त्रालय, राष्ट्र बैंकलगायतका पुँजी बजारका नियामक निकालयले लगानीकर्ताको जायज मागलाई सम्बोधन गर्न छलफलमा बोलाउनु पर्ने बताएका छन् ।

शेयर र बजारले समग्र देशको विकासमै महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताएका छन् । उनले आम व्यक्तिहरूले बुजेझैँ नेप्से घटाउन र बढाउन नभई यो आन्दोलन नीतिगत सुधारका लागि गरिएको भन्दै आन्दोनमा आफ्नो समर्थन रहेको बताएका छन् ।

विगत ८ दिनदेखि तिलक कोइराला पुँजी बजार विकास तथा सुधारको माग आमरण अनसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्थामा समस्या देखिएको कारण हिजो उनलाई पाटन अस्पताल लगिएको थियो । त्यस्तै, धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले हिजो पत्रकार सम्मेलन गर्दै सबै मागहरु सम्बोधन गर्दै जाने बताएका थिए । कोइरालाको अनसन र १९ बुँदै मागमा अधिकांश लगानीकर्ताहरुको छाता संगठनको सहयोग रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*