कमर्सियल बैंकहरुमा लगानीकर्ताको आकर्षण, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

८ असार २०७९, बुधबार १५:०८

काठमाडौं । बुधबार शेयरबजार फेरी पुरानै लयमा फर्किएको छ । अघिल्लो दिन मंगलबार एकाएक हरियाली छाएको शेयरबजार आज ३१.२१ अंकले घट्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँको मात्रै कारोबार भएको छ ।

पछिल्लो समय शेयरबजारमा खासै कारोबार रकम माथि उक्लिन सकेको छैन । केही महिनायता १ अर्बमाथिको कारोबार हुन शेयरबजारमा आज ८३ करोडको मात्रै कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नबिल बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आजमात्रै ३ करोड ३९ लाख ६६ हजार ५४९ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेपाल बैंकको २ करोड ६७ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६४ लाख, एनसीसी बैंकको २ करोड ५४ लाख र एनआइसी एशिया बैंकको २ करोड ४९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*